विवेक र क्षितिज फाइनलमा



नेपाल आर्मीका विवेक चौधरी र एपीएफका क्षितिज खनाल तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा जारी प्रतियोगितामा विवेकले धादिङका सुजन थापालाई १८–२१, २१–१५ र २१–१७ तथा क्षितिजले एपीएफका भोजबहादुर गुरुङलाई २१–१० र २१–१२ को सेटमा पराजित गरे ।

नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामाको महिला सिंगल्समा नेपाल प्रहरीकी निता लम्साल र आर्मीकी अनुमाया राई फाइनलमा पुगे । निताले आर्मीकी शेष्ना सिर्पालीलाई २१–१५ र २१–१९ तथा अनुले स्पोर्ट्स हबकी सीताकुमारी राईलाई २१–१२, १०–२१ र २१–१५ को सेटमा हराउदै फाइनल यात्रा तय गरे ।

मिक्स डबल्समा एपीएफका क्षितिज खनाल र शोभा गौचनको जोडीले आर्मीका पविन लिङथेप र अनुमाया राईको जोडीलाई २१–१७ र २१–७ तथा प्रहरीका जीवन आचार्य र निता लम्सालको जोडीले आर्मीका विधान अधिकारी अमिता गिरीको जोडीलाई २१–१७, १४–२१ र २१–१६ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१७ ब्वाइज सिंगल्समा आर्मीका सुविन श्रेष्ठले फिट्नेस पार्कका अमन डंगोललाई २१–१५ र र २१–१६ तथा प्रहरीका कविर केसीले लभ बीएका इमा तामाङलाई २१–९ र र २१–१० को सोझो सेटमा पन्छ्याउदै फाइनल भेट पक्का गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठको जोडीलाई २१–९ र र २१–१५ तथा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीले चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २१–१५ र र २१–११ को सेटमा निराश पार्दै फाइनलमा स्थान बनाए ।

पुरुष डबल्समा आर्मीका विधान अधिकारी र पविन लिङथेपको जोडीले धादिङका राम मल्ल ठकुरी र सुजन थापाको जोडीलाई २१–१२, २०–२२ र २१–१४ तथा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीले बालकुमारीका सुमित महर्जन र सुमन शाक्यको जोडीलाई २३–२१ र २१–१० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्