७.६६ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो ।

८६ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो भने ५ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटे । सो सेक्टर ०.११ प्रतिशत बढ्यो ।

घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशत घट्यो ।

मिथिला लघुवित्त तथा हिमालयन पावर पार्टनरको मूल्य ९.९ प्रतिशत बढ्यो । अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्