
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यको प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए ।
स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र भविष्यमापनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने बताउँदै हाललाई एक थान शल्यक्रिया मेसिन प्रदान गरएिको बताए ।
२०७९ मंसिर १ गतेदेखि सञ्चालनमा आएको आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रुपान्तरण भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी दिएका थिए ।