नवनियुक्त आवासीय राजदूत नेपालीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । श्रीलङ्काका लागि नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूत नेपालीले शपथ ग्रहण गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलङ्काको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो भने पुष १४ गते संसदीय सुनुवाइ समितिले नेपालीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्