
खेलकुद विभाग, नेपाली काँग्रेसको आयोजनामा खेलकुद नीति कार्यक्रम तथा विचार गोष्ठी बिहीबार सम्पन्न भएको छ ।
गोष्ठीको पूर्व प्रधानमन्त्री नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा खेलकुदका विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, आयोजक विभागका प्रमुख उमेशजंग रायमाझीलगायतको उपस्थिति रहेको थियो ।