व्यवसायी एवम गायक विकास राणाको नयाँ गीत ‘जाले माले रूमाल’ सार्वजनिक



काठमाडौं। उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास जंगबहादुर राणाको नयाँ गीत ‘जाले माले रूमाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज चौलागाईको शब्द तथा संगीत रहेको गीतलाइ श्यामस्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

लोकपपको रोमान्टिक भर्सनमा तयार पारिएको गीतमा सोल्टा र सोल्टिनी बिचकोमायाप्रेमको भावलाई प्रस्तुत गरिएको छ । चर्चित मोडेल अन्जली अधिकारी र सुनिल छेत्रीको अभिनय रहेको गीतमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाइ सुनिल छेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोलाई विकास राणा अफिसियल ( Bikash Rana Official)  मार्फत सार्वजनिक गरिएको हो।

उड्डयन क्षेत्रमा सुपरिचित नाम विकास राणा गायनमा पनि त्यतिकै सफल बनिरहेका छ उनको यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्