
काठमाडौं । राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन सुरु गरेका राजावादीहरूले बनेपा नगर परिक्रमापछि चारदोबाटोमा कोणसभा गरेका थिए ।
जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरूले राजधानीमा १५ हुने हुने आन्दोलनको पूर्वतयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
राजावादी भनेर चिनिएका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।
समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अनुरोध गरे ।