वाको किक बक्सिङका लागि ५ खेलाडी छनोट



काठमाडौं । नेसनल किक बक्सिङ ऐसोसिएसन नेपालले वाको किकबक्सिङ वल्र्ड कपमा सहभागिताका लागि ५ खेलाडी छनोट गरेको छ ।

दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट ४ पुरुष र १ महिला खेलाडी छनोट गरेको संघले जनाएको छ । पुरुष ५७ केजीमुनि सुदूरपश्चिम प्रदेशका आसिक कोली, ६७ केजीमुनि बागमती प्रदेशका सागर दर्जी, ६९ केजीमुनि बागमतीका सुनिम श्रेष्ठ र ७१ केजीमुनि बागमतीका कोशिस श्रेष्ठ छानिए ।

महिला ५१ केजीमुनि बागमतीकी सन्जु सुम्बा तामाङ सहभागी हुने छिन् । थाइल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडीको बन्द प्रशिक्षण चैत १२ गतेदेखि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्