देशलाई कमजोर पार्न प्रतिगामी शक्तिहरू लागिपरेका छन् : महिन्द्रराय यादव



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले देशलाई कमजोर पार्न प्रतिगामी शक्तिहरू लागिपरेको बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले प्रतिगामी शक्तिहरूले देशलाई द्वन्द्वमा धकेल्न खोजिरहेको बताएका हुन् । ‘प्रतिगामी शक्तिहरूले द्वन्द्व उत्पन्न गराएर देशलाई कमजोर पार्न चाहन्छ’, यादवले भने ।

तर संविधान र गणतन्त्रको रक्षा गर्न अग्रगामी शक्तिहरु जुट्नुपर्ने उनले बताए । ‘यो संघीयता लोकतन्त्र गणतन्त्र बचाउन, समाजवादी मोर्चासँग सहकार्यको अपिल गर्न चाहन्छौं’, यादवले भने ।

प्रतिक्रिया दिनुहोस्