पूर्वराजाको सचिवालयले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न मानेन



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल जरिवाना पत्र बुझाउन निर्मल निवास पुगेको छ ।

काठमाडौं महानगरपालिका–३२ स्थित, तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको तोडफोड, आगजनी र दमकलमासमेत शुक्रबार आगजनी गरिएपछि तोकिएको जरिवानाको पत्र निर्मल निवास लगिएको हो ।

राजावादीहरूको उग्र प्रर्शनपछि भएको क्षतिको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउँदै काठमाडौं महानगरपालिकाले विभिन्न शीर्षकमा शनिबार ७ लाख ९३ हजार जरिवाना गराउने निर्णय गरेको थियो ।

सडकसहितका सार्वजनिक स्थानमा गरिएको फोहोर, निजी तथा सार्वजनि सम्पत्तिल तोडफोडसहितको जरिवाना पत्र बोकेर महानगरको नगर प्रहरी बल महाराजगञ्जस्थित निर्मल निवास परिसर पुगेको हो ।

विभिन्न शीर्षकका ८ वटा जरिवाना पत्रसहित शाहको निजी निवास निर्मल निवासमा नगर प्रहरी पुगेको हो । महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले टोली निर्मल निवास पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्