
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा संवाद गरेका छन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलको नेतासँग संवाद गरेको जानकारी दिएका हुन ।
बर्तौलाका अनुुसार प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउने विषयमा प्रचण्डसँग टेलिफोन संवाद गरेका हुन् ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।