थाइल्यान्डमा ओली-मोदीबीच भेटवार्ता हुने



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ ।

भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदै छन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

‘हामीले भेटघाटका लागि भारतीय प्रधानमन्त्रीसँग समय मागेका थियौं । भारतीय प्रधानमन्त्री सम्मेलनमा सहभागी हुने कुरा तय भएपछि मोदी र ओलीबीचको भेटवार्ता पनि तय भएको हो,’ परराष्ट्र स्रोतले जानकारी दियो ।

बिम्स्टेकको शिखर सम्मेलनमा जाने क्रममा प्रधानमन्त्री ओलीले मंगलवारबाट थाइल्याण्डको औपचारिक भ्रमण पनि शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्