तीनकुने घटना : ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय



काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्