खुला टेबलटेनिस सोमबारदेखि



काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जुनियरमा ४ तथा भेट्रानमा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । जुनियरको यु–१५ तथा यु–१९ मा पुरुष/महिला सिंगल्समा खेल हुनेछ ।

भेट्रानमा ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्स स्पर्धा समावेश छन् । करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । एक खेलाडीले एउटा इभेन्टमा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । बिहीबार नाम दर्ता गर्ने अन्तिम दिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्