
काठमाडौं । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडानरअवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।
आज बिहान निर्धारित धेरैजसो उडान प्रभावित भएका थिए । अहिले पनि आकासमा केही फन्को मारेपछि मात्र जहाजहरूले अवतरणको मौका पाइरहेको देखिन्छ ।
आज बिहानका पाँच वटा माउन्टेन फ्लाइट काठमाडौंबाट उडे पनि भिजिबिलिटी कम हुँदा अवतरण गर्न नसकेपछि अन्य विमानस्थलमा डाइभर्ट भएका छन् ।