
प्रथम थाइल्यान्ड किक बक्सिङ वल्र्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ ।
चैत २५ देखि ३० गतेसम्म हुने प्रतियोगितामा कोसिश श्रेष्ठ, इरा लगुन, सन्जु सुम्बा तामाङ, सुनिम श्रेष्ठ, मन्जिता रन्जितकार, सन्जित शाही र सागर दर्जीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा रजिन तिवारी, अफिसियलमा सुनिता सुवर्णकार र इश्वर लगुन तथा निर्णायकमा सुशील श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।