टिकटकमा सर्वाधिक रुचाईएको ‘रुन्छे न्याउली चरी’ को भिडियो सार्वजनिक( भिडियो सहित )



गायक अनिल श्रेष्ठको नयाँ लोक दोहोरी गीत रुन्छे न्याउली चरी सार्वजनिक भएको छ । आफ्नै लय , शब्द र स्वर रहेको यस  गीतमा अनिललाई चर्चित लोक दोहोरी गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् । गीतमा सङ्गीत संयोजन कृष्ण बाजुरालीले गरेका छन् भने द म्युजिक एरा रेकर्डिङ स्टुडियो अनामनगरमा गीतको रेकर्डिङ भएको हो ।

 गीतमा चर्चित नायिका आयुष्मा कार्की , नायक प्रशान्त खड्का,  बाल कलाकार साइना राई ,  हुक्का काका ( मणि राई ) प्रिन्स  माले , अम्बर श्रेष्ठ र निर्मला श्रेष्ठले अभिनय गरेका छन,। गीतको छायाँङ्कन खेम थापाले गरेका छन्  भने राजकुमारले भिडियो निर्देशन तथा सम्पादन गरेका छन्  ।     गीत Anil Shrestha Official युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्