१६औं योगासन विश्व च्याम्पियनसिप मलेसियाको साइबरजायामा सम्पन्न



काठमाडौं । १६औं योगासन विश्व च्याम्पियनसिप २०२५ अप्रिल ५ देखि ६ सम्म मलेसियाको साइबरजायामा सम्पन्न भएको छ ।

यो प्रतियोगिता अन्तर्राष्ट्रिय योग खेल महासंघ(IYSF) द्वारा आयोजित गरिएको थियो जसले योगलाई खेलकुदको रूपमा प्रवर्द्धन गर्दै शारीरिक र कलात्मक क्षमताको प्रदर्शन गरेका थिए । प्रतियोगितामा ४० भन्दा धेरै देशहरु सहभागी भएका थिए ।

नेपालको तर्फबाट विभिन्न उमेर समूहमा ३० जना खेलाडीहरु सहभागी भएका थिए । रोजमेरी आइडल बोर्डिङ्ग स्कुलका तीन बिद्यार्थीहरू महिला ९-११, पुरुष ९-११, र महिला १२-१४ उमेर समूहमा सहभागी भए। प्रत्युषा खतिवडा महिला उमेर १२-१४ वर्गमा पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल जित्न सफल भइन्। अमित पटेल पुरुष उमेर ९-११ वर्गमा दोस्रो स्थानमा रहेर सिल्भर मेडल जित्न सफल भए। सोनाम वाग्मु तामाङले सातौं स्थान हासिल गरे।

नेपाली योगा टोलीले ३१ खेलाडीसहित ४३ सदस्यीय टोलीको रूपमा मलेसिया प्रस्थान गरेको थियो। यो प्रतियोगिताले योगलाई अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया दिनुहोस्