स्वास्थ्यकर्मीको मनोबल बढाउने काम राज्यबाट हुनुपर्छ : पूर्वराजा शाह



०७ वैशाख २०७७, काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु आवश्यक रहेको बताएका छन् ।

सरकारले भाइरस रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा शाहले राज्यबाट स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम नभइ बढाउने काम हुनुपर्ने बताएका हुन् ।

आधिकारिक ट्वीटर ह्याण्डलमा लेख्दै पूर्वराजा शाहले संकटका बेला अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी हतोत्साहित भए त्यसको परिणाम साधारण नागरिकले भोग्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्