‘ठूलो कुरा गर्‍यो, हान्दिएँ’



०८ माघ २०७६, काठमाडौं

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले कास्की एन्फा अध्यक्ष मिलन गुरुङलाई कुटेको स्वीकार्दै भनेका छन्, ‘ठूलो कुरा गर्‍यो, हान्दिएँ’।

योसँगै उनले भनेका छन्, “मनाङबाट खेलाडीहरु आएको धेरै भइसक्यो। ग्राउन्ड पनि छैन। खाने बस्ने ठाउँ पनि छैन। मैले किन नदिएको भनेर सोधेको हुँ। त्यसपछि ठूलो कुरा गर्‍यो, हान्दिएँ।”

यता मिलन भने आफूलाई खेल मैदानभित्रै अभद्र बोलीबचनसँगै हातपात गरेको बताउँछन्।
⇒ सांसद दीपक मनाङ्गेबाट कुटिए एन्फा अध्यक्ष
‘मनाङबाट पहिले नै खेलाडी आएको कुरा हामीसँग सरोकार हुँदैन। खेलभन्दा अघिल्लो दिनदेखि सुविधा दिने हो। उहाँहरु ५ दिनअघि नै आउनुभएछ। त्यहीबेलादेखि होटल र ग्राउन्ड माग्नुभयो।’ मिलनले भनेका छन्, ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो। सांसदको मर्यादा राखेर मैले केही बोलिनँ।’

मनाङ्गेले मंगलबार पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबलको उद्घाटनमा मञ्चमै गुरुङमाथि मुक्का हानेका थिए।

प्रतिक्रिया दिनुहोस्