अग्नी सापकोटा निर्दोष : अदालतमा कुनै मुद्दा छैन



१० माघ २०७६, काठमाडौं

प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनेका नेकपा नेता अग्नी प्रसाद सापकोटाविरुद्ध अदालतमा मुद्दा नरहेको पाइएको छ।

नेकपाले सर्वसम्मत सभामुख बनाउने निर्णय गरेपछि कतिपयले सापकोटालाई युद्दकालीन मुद्दा भएका कारण सभामुख बनाउन नहुने तर्क गरेका थिए।

तर, सापकोटाविरुद्ध अदालतमा मुद्दा नरहेको पाइएको हो।

यथार्थ

सापकोटाविरुद्धको कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा नभएको र हत्या गरिएको भनिएका अर्जुन लामाको श्रीमतीले जाहेरी दर्खास्त गरिपाउँ भनेर दिएको निवेदन मात्रै रहेको पाइएको अधिवक्ताहरुको भनाई छ।
⇒ ‘अग्नी प्रसाद सापकोटामाथि कुनै मुद्दा छैन
संविधानविद् तथा अधिवक्ता खिमलाल देवकोटाले सापकोटालाई सभामुख बन्नको लागि काँडाले समेत नघोच्ने बताए।

“सभामुख हुन सांसद हुनुपर्ने संविधानले किटान गरेको छ। हरेक सांसद सभामुख बन्नको लागि योग्य हुन्छन्।” देवकोटाले भने, ‘उहाँ (सापकोटा) सभामुख बनेर मज्जाले संसद हाँक्न सक्नुहुन्छ।’

सापकोटा सभामुखमा निर्विरोध चयन भएका छन्। यसको आधिकारिक घोषणा भने आगामी १२ माघमा बोलाइएको संसद् बैठकबाट हुने संसद् सचिवालयले जानकारी दिएको छ।

यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महराले गत १४ असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

प्रतिक्रिया दिनुहोस्