०४ फागुन २०७६, काठमाडौं
प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा सुनुवाइ सकिएको छ।
आइतबार (आज) काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानुन व्यवसायीले बहस गरेका हुन्।
⇒ निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ शुरु, आजै फैसला आउन सक्ने
दुवै पक्षको बहसपछि अब केही छिनपछि उनको मुद्दामा फैसला सुनाइने अदालत स्रोतले जनाएको छ।