‘नैतिकताका आधारमा राजीनामा दिएँ’



०८ फागुन २०७६, काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार (आज) दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।

राजीनामापछि सामाजिक सञ्जाल फेसबूकमा बाँस्कोटाले लेखेका छन् ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

यसअघि प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको सदनलाई जानकारी दिएका थिए।
⇒ सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा
बाँस्कोटाको राजीनामापछि दुई मन्त्रालयमा नेतृत्व खाली भएको छ। गत पुस २५ देखि बाँस्कोटाले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्