वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितलाई कारबाही गर्न माग



०६ चैत्र २०७६, काठमाडौं

वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितलाई कारबाही गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा माग उठेको छ।

बिहीबार (आज) गृह मन्त्रालयमा बसेको बैठकमा डा. दीक्षितले कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही गर्न माग उठेको हो।
⇒ ‘परीक्षण नगरीकन सरकारले कोरोना संक्रमण नभएको दावी गर्‍यो’
सरकारी निकायले नेगेटिभ भएको तथ्य प्रस्तुत गरिरहँदा दीक्षितले भने सार्वजनिक कार्यक्रममा नै नेपालमा परीक्षण गर्ने किट नै नभएको र परीक्षण नै नगरी नेगेटिभ भएको सरकारको दावी रहेको आरोप लगाएका थिए।

अफवाह फैलाएको ठहर भएमा एक लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म कैद वा दुवै हुने सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्