‘कोरोना भाइरस’बारे भ्रामक अडिओ शेअर् गर्ने पक्राउ



०८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बारे अफवाह र भ्रमपूर्ण अडिओ क्लिपलाई सामाजिक सञ्‍जालमार्फत् भाइरल बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जालमार्फत् फैलाएको भन्दै प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

साइबर ब्यूरो श्रोतका अनुसार अनुसार भ्रमपूर्ण अडिओ क्लिप शनिबार (आज) बिहान सामाजिक सञ्‍जालमा देखा परेको थियो।
⇒ कोरोना संक्रमित छैनन्, अफवाह फैलाउनेलाई कारबाही गरियोस्-नर्भिक अस्पताल
पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत् अ‍ेडिओ पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालैभरि फिँजिएको थियो।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै अडिओ क्लिप शेअर् गरेका थिए।

फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्